काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई तत्काल खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले मङ्गलवार कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न भन्दै अन्तरिम आदेश दिएको हो ।