सर्वोच्चले सरकारलाई भन्यो ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराऊ

काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई तत्काल खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले मङ्गलवार कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश

सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो । मंगलबार उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।