सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।
मंगलबार उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।