वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् ।
अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जा...