काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन )बाट संक्रमित हुनेको संख्या बढेसँगै नेपालीको श्रम गन्तव्य मुलुकले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन्।कतिपय मुलुकले मास्क, भौतिक दूरी,क्वारेन्टाइनलाई अनिवार्य गरेका छन् भने कतिपय मुलुकले कोभिडविरुद्धको खोप (बुस्टर) डोजलाई प्राथमिकता दिएका छन्। नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुक कतार, यूएई, साउदी, कुवेत, दक्षिण कोरिया, इजरायल, ओमन र बहराइन हुन्। ओमिक्रोन भाइरसको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशमा स्वास्थ्य मापदण्डमा