९९ लाखमा बन्यो गाउँपालिकाको एकतले भवन

सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन् । नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको होे । भवन उद्घाटन कार्य...

सम्बन्धित सामग्री

एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बन्यो: ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् ।  बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार ...

एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बन्यो: ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् ।  बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार ...

लमजुङको क्व्होलासोथार गाउँपालिकाको बन्यो नयाँ प्रशासकीय भवन

लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण भएको छ । भवन निर्माण पूरा भएसँगै गाउँपालिकाको कार्यालय पुरानोबाट नयाँ भवनमा सरेको छ ।

राष्ट्रपति भण्डारीको पहलमा जन्मगाउँमा बन्यो प्राविधिक शिक्षालय, भोलि उद्घाटन

भोजपुर । जन्मस्थानमा निर्माण गरिएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुर आउने भएकी छन् । दुर्गमबासीलाई प्राविधिक शिक्षाको पहुँचका लागि राष्ट्रपति भण्डारीको पहलमा रामप्रसादराई गाउँपालिकाको मानेभञ्ज्याङ आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लगानीमा भवन बनाइएको छ । प्राविधिक शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र […]

भवन बन्यो, सञ्चालन भएन अदुवा प्रशोधन केन्द्र

अदुवा प्रशोधन केन्द्रका लागि भन्दै कृषि कार्यालय सल्यानले प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजना र स्थानीय सहकारीको साझेदारीमा ३ वटा भवन बनाए पनि प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन । शारदा नगरपालिका ६ बरला, कुमाख गाउँपालिकाको बडागाउँ र सिद्धकुमाख गाउँपालिकाको ढोडचौरमा भवन निर्माण भएको तीन वर्ष बित्यो ।

चिटिक्क बन्यो बारपाक सुलिकोटको भवन

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण भएको छ। भवनको शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेका हुन्। उक्त भवन विसं २०७१ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले नै भवन शिलान्यास गरेका थिए।

सञ्चालनमा नआउँदा बेवारिस बन्यो छात्रावास

फाल्गुनन्द गाउँपालिकाको जय नारायण आदर्श माध्यमिक विद्यालयमा ८५ लाख रुपैयाँ खर्चेर बनाएको छात्रावास भवन उद्घाटन गरेको २७ महिनासम्म संचालनमा आउन सकेको छैन ।

चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले बनाएको बहुउद्देश्यीय सभाहल बिहीबार एक कार्यक्रममका बीच उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा पालिकाका अध्यक्ष दोर्ण खत्रीले उद्घाटन गर्नुभएको हो । सभाहलको उद्घाटन गर्दै गर्दै अध्यक्ष खत्रीले सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा जग्गा दाना गर्न दाताहरुलाई धन्यवाद दिनुभएको […]

स्थानीयले निःशुल्क जग्गा दिएपछि बन्यो,गाउँपालिकाको भवन

छाप्रोबाट सेवा दिइरहेको महाभारत गाउँपालिकाको आफ्नो सुविधा सम्पन्न भवन बनेको छ