बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् आइतबार विस्तार हुँदैछ। सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्। गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसअघि नै मन्त्रीको नाम टुंग्याइसकेका छन्। प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे सपथको तयारी गरेको छ। नेपाली कांग्रेसले यसअघि नै […]