कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष

राजु लामिछाने/उज्यालो । रुकुम पश्चिम, वैशाख ६ – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका वडाध्यक्षहरु कम्युटर सिक्न व्यस्त रहेका छन् । वडाबाट हुने...

सम्बन्धित सामग्री

लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारीको व्यवस्था गर्न एमाले सांसदको माग

उहाँले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष, वडा अध्यक्षसहित सात जना निर्वाचित

सिमकोट – स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले हुम्लाका सात वटा गाउँपालिका मध्य तीन वटा गाउँपालिकामा गरी सात जनप्रतिनिधि निर्वाचित भएका छन्। यसमा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष र सदस्यहरू निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले पदाधिकारी पदमा उक्त पार्टीबाट एक जना गाउँपालिकाको उपाध्यक्ष र एक वडा अध्यक्ष निर्वाचित भएको बताए। एकीकृत समाजवादीले […]

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

सप्तरी – रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ। नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे। गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको […]

गण्डकी प्रदेशमा काँग्रेसको वर्चश्व

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गण्डकी प्रदेशबाट नगर प्रमुख २५, गाउँपालिका अध्यक्ष ५८, नगर उपप्रमुख २५, गाउँपालिका उपाध्यक्ष ५८, वडा अध्यक्ष ७४४, महिला सदस्य ७४२, दलित महिला सदस्य ७१७, खुला सदस्य १४८६ गरी ३ हजार ८५५ जना निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार दलगत रूपमा विभाजन गर्दा नेपाली काँग्रेसबाट प्रमुख १४, अध्यक्ष २१, उपप्रमुख १०, उपाध्यक्ष २०, वडा अध्यक्ष ३३९, महिला सदस्य ३१९, दलित महिला सदस्य ३१० र खुला सदस्य ६५० जितेको छ । यी सबै पद जोड्दा काँग्रेसले १६८३ स्थान जितेको छ ।त्यस्तै, ने

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

बुटवल, २ जेठ : नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार […]

पालिका चुनावमा एक लाख ४५ हजारभन्दा धेरै उम्मेदवार (सूचीसहित)

काठमाण्डाै –  निर्वाचन आयोगले पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ । आयोगले मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १ लाख ४५ हजारभन्दा धेरै उम्मेदवारको सूची सार्वजनिक गरेको हो । विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको र अझै पनि यो सूचीमा केही थपघट हुन सक्ने आयोगको भनाई छ । पालिका चुनाव–२०७९ का लागि हिजो बेलुकासम्म निर्वाचन आयोगमा प्रविष्ट भएका उम्मेदवारको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

बर्दियाको बढैयातालमा माओवादीले अध्यक्ष, काँग्रेसले उपाध्यक्ष लिने सहमति

बर्दियाको बढैयाताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादीले लिने र उपाध्यक्ष काँग्रेसले लिने सहमति भएको हो । माओवादीले अध्यक्षसहित ३ वडा र काँग्रेसले उपाध्यक्षसहित ५ वडा अध्यक्ष लिने सहमति भएको छ । यस नगरपालिकामा यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।बर्दियाका अन्य स्थानीय तहमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बारबर्दिया नगरपालिकाका सहसचिव सन्तोष पोखरेलले

उम्मेदवार छान्न चार तहको संसदीय समिति बनाउँदै कांग्रेस

उम्मेदवार छान्ने समिति  गाउँ, नगर वडा अध्यक्ष र सदस्य : प्रतिनिधिसभा संसदीय समिति  गाउँपालिका अध्यक्ष र उपाध्यक्ष : जिल्ला संसदीय समिति   नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख : प्रदेश संसदीय समिति  महानगरपालिका प्रमुख र उपप्रमुख : केन्द्रीय संसदीय...

१९ जना जनप्रतिनिधिले छाडे एमाले

बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार सदरमुकाम चैनपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उनीहरुले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।एमाले छाड्नेमा केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा