काठमाडौँ – कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई ३ हजार ६३७ मतले हराउँदै गुप्ताले जित हात पारेका हुन्। गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाए।