जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन् । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिवार्यरूपमा मास्क लगाएर, स्