काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । बिहीबार अपरानहसम्म १ हजार ९०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण गर्दा ४१२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ ।