प्रशिक्षणमा फर्कने जिदानको संकेत

एजेन्सी – जिनेदिन जिदान सन् २०२१ मा दोस्रोपटक रियल म्याड्रिड छोडेपछि प्रशिक्षणबाट बाहिर छन् । तर फ्रान्सेली प्रशिक्षक निकट भविष्यमा प्रशिक्षणमा फर्कने सक्ने संकेत दिएका छन् । ‘जिजु’ पछिल्लो दुई वर्षमा धेरै शीर्ष टोलीसँग जोडिएको छ, तर उनलाई कुनै पनि क्लबले अनुबन्ध गर्न सकेनन् । यस बीचमा, उनी युभेन्टस, म्यानचेस्टर युनाइटेड, फ्रान्स र रियल म्याड्रिडसँग […] The post प्रशिक्षणमा फर्कने जिदानको संकेत first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

आयात बढ्नुको संकेत

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले आयात सोही अवधिमा गत आर्थिक वर्ष (आव) को तुलनामा १ दशमलव ६९ प्रतिशतले बढेको देखाएको छ । गत आवमा सरकारले विलासिताका वस्तुमा लगाएको प्रतिबन्धका कारण केही वस्तुको आयात संकुचित भएको थियो । तर, चालू आवमा भने त्यस्तो प्रतिबन्ध हटेकाले आयात बढेको देखिन्छ । असोज महीनामा आयात बढ्नुको अर्थ वस्तुको उपभोग र माग बढ्नु हो भन्ने देखिन्छ । औद्योगिक कच्चा पदार्थको आयात बढेको छ भने त्यसले आन्तरिक अर्थतन्त्र बलियो हुन थालेको संकेत गर्छ । तर, तयारी वस्तुको आयातले भने राजस्व बढाई सरकारलाई राहत दिए पनि अर्थतन्त्रमा भने त्यसले खासै अर्थ राख्दैन । अहिलेको आयातको प्रवृत्ति हेर्दा केही औद्योगिक वस्तुको आयात बढेको छ र उपभोग्य वस्तुको आयात पनि बढेको छ । त्यसैले आन्तरिक अर्थतन्त्रमा केही आशावादी हुने ठाउँ देखिए पनि अहिले प्राप्त तथ्यांककै आधारमा अर्थतन्त्र लयमा फर्कने संकेत गरेको छ चाहिँ भन्न सकिँदैन ।  आयातमा सबैभन्दा ठूलो अंश खनिज तेलकै रहेको छ । तर, यसको आयात भने गत आवको सोही महीनाको तुलनामा केही घटेको देखिन्छ । यसो हुनुको कारण बिजुली प्रयोग बढ्नु हो भन्ने देखिन्छ । यसलाई सकारात्मक मान्नुपर्छ । त्यस्तै चालू आवको भदौ मसान्तसम्ममा २५५ विद्युतीय सवारीसाधन आयात भएकामा असोजमा त्यो संख्या १०३५ पुगेको छ । त्यसैगरी सुनको आयात झन्डै दोब्बर बढेको छ । स्मार्ट फोनको आयात पनि निकै बढेको देखिन्छ । स्मार्ट फोन र विद्युतीय सवारीसाधनको आयातले अर्थतन्त्रमा उल्लेख्य परिवर्तन ल्याउने देखिँदैन । यसले अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको छ भन्ने पनि संकेत गर्दैन । केही औद्योगिक कच्चा पदार्थको आयात पनि अघिल्लो आवको यही अवधिको दाँजोमा केही बढेको छ । कच्चा फलाम तथा स्टीलको आयात बढेको छ भने तयारी फलाम तथा फलामजन्य सामग्रीको आयात घटेको देखिन्छ । मेशिनरी उपकरण तथा पार्टपुर्जाको आयात भने बढेको देखिन्छ । यसले अर्थतन्त्रमा झीनो आशा सञ्चार गर्ने देखिन्छ ।  अर्थतन्त्र सुधारमा सरकारले थप काम गर्नुपर्ने देखिन्छ । यसका लागि सबभन्दा पहिला सरकारले खस्केको मनोबल बढाउनुपर्छ नै, साथै आफू मितव्ययी भएको देखाएर सर्वसाधारणको विश्वास पनि जित्नुपर्छ ।  गत भदौसम्म आयात घट्दो क्रममा रहेकामा अहिले त्यसमा सुधार आउनु भनेको आन्तरिक माग बढ्नु हो । त्यसो त चाडपर्वकै कारण आयात बढेको पनि हुन सक्छ । दशैंलाई लक्षित गरी आयात गरिएका स्मार्ट फोन विक्री भएन भन्ने गुनासो पनि व्यवसायीको पाइन्छ । जे भए पनि यसले अर्थतन्त्रलाई चलायमान बनाउन भने केही न केही मद्दत गर्ने देखिन्छ । यद्यपि यस्तो सुधारले अर्थतन्त्रलाई दिगो सुधारमा लैजान भने खासै भूमिका निर्वाह गर्ने देखिँदैन ।  अहिले बजारमा निराशा छ । लगानीकर्ता पनि उत्पादन बढाउन तथा नयाँ लगानी गर्न उत्साहित छैनन् । हातमा पैसा भएका मानिससमेत खर्च गर्न डराइरहेका छन् । मन्दीका कारण आय गुमाउनेको संख्या पनि ठूलै छ । बजारमा कैयौं सटर खाली भएको पनि देख्न सकिन्छ । यसले अर्थतन्त्र मन्दीमा नै रहेको देखाउँछ । यस्तोमा आयात बढ्नुलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ । यद्यपि सटर खाली हुँदै जानुमा कतै अनलाइन कारोबार बढेको त होइन भन्न थालिएको छ । यसबारे बिस्तारै वास्तविकता खुल्दै जाला । बजारमा छाएको निराशाले त अर्थतन्त्र सुधारमा गइरहेको देखाउँदैन । सरकारले आफ्ना कर्मचारीलाई आन्तरिक ऋण उठाएर दशैंखर्च वितरण गरेको समाचार आएको थियो । यसले राजस्व नउठेर दैनिक खर्च धान्न पनि सरकारलाई गाह्रो भएको देखाउँछ । सरकारको राजस्व आयातमा निर्भर रहेको हुँदा आयात बढ्नुको अर्थ राजस्व बढ्नु पनि हो । तर, अहिले जति राजस्व बढेको छ त्यसले सरकारी खर्च धान्न सक्ने भने देखिँदैन । अहिलेकै गतिमा आयात बढ्दै गयो भने चाहिँ राजस्वमा पनि यसले सकारात्मक असर पार्ने देखिन्छ । त्यसैले अर्थतन्त्र सुधारमा सरकारले थप काम गर्नुपर्ने देखिन्छ । यसका लागि सबभन्दा पहिला सरकारले खस्केको मनोबल बढाउनुपर्छ नै, साथै आफू मितव्ययी भएको देखाएर सर्वसाधारणको विश्वास पनि जित्नुपर्छ ।

अनिताको गोलसँगै नेपाल खेलमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियसिप अन्तर्गत फाइनलमा नेपालले दोस्रो हाफमा खेलमा फर्कने संकेत देखाएको छ । पहिलो हाफमा २-० को अग्रतामा रहेको बंगलादेशविरुद्ध अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ […]

नेटफ्लिक्सले गर्‍यो ‘स्क्विड गेम’ को दोस्रो सिजनको घोषणा

काठमाडौँ– अघिल्लो वर्षको ओटीटी सेन्सेनल हिट सिरिज  ‘स्क्विड गेम’ को दोस्रो सिजन बन्ने भएको छ । आइतबार नेटफ्लिक्सले टिजर सार्वजनिक गर्दै दोस्रो भाग आउने जानकारी दिएको छ । योसँगै भिडियो सन्देश जारी गर्दै सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले कुन चरित्र सिरिजमा फर्कने र को नफर्कने संकेत गरेका छन् ।   ‘स्क्विड गेमको पहिलो सिजन […]

फर्नान्डिन्होले सिटी छाड्ने

३० चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान फर्नान्डिन्होले यस सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् । ३६ वर्षीय ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले करिब एक दशकको सिटी बसाइ अन्तय गर्दै ब्राजिल द्दै फर्कने संकेत गरेका छन् । एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिगको खेलअघि उनले सिटी छाड्ने बताएका हुन् । अर्को सिजन पनि इतिहाद स्टेडियममा देख्न सकिन्छ भन्ने […]

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

त्यसपछि राजी भए मुख्य प्रशिक्षक अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्कने संकेत गरेका छन् ।

संक्रमण घट्दा अर्थतन्त्र लयमा फर्किने आशा

कोभिड खोपको प्रभावकारिता ९० प्रतिशतखोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले ओरालो लागेको अर्थतन्त्र लयमा फर्कने संकेत देखिएको छ । विगतमा खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै जाने देखिएको हो । जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत […]

माओबादीमै फर्कने तयारीमा एमालेका चार नेता !

सर्वोच्च अदालतको फैसला अनुसार ब्युतिएको नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले माओवादीमै फर्कने संकेत गरेका छन् ।  नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा ...

'इरान आणविक सम्झौता'मा अमेरिका पुन: फर्कने संकेत

विश्वशक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन्। शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ।सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग महत्वपूर्ण आणविक सम्झौता गरेका थिए। तर, बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट अमेरिकालाई कुन

ईरानसँग भएको परमाणु सम्झौता मान्ने अमेरिकी संकेत

अमेरिकाले ईरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्कने संकेत दिएको छ। पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको यो सम्झौता निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेका थिए।हालका राष्ट्रपति जो बाइडेनको प्रशासनले सो सम्झौताका शर्तहरू स्वीकार गर्न तयार रहेको बताएको हो। सम्झौता तोडिएपछि प्रत्युउत्तरमा ईरानले व्यापक मात्रामा परमाणु प्रशोधन र यो प्रयोग गरी हतियार बनाइरहेको छ। सम्झौता तोडेको अमेरिका फेरि लचक हुनुको मुख्य कारण यही हो।सन् २०१५ मा भएको सम्झौतामा अमेरिकालाई फिर्ता गर्न बेलायत, फ्रान्स