अभिनेत्री रिस्ता बस्नेतले विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ । रिस्ता एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुई वटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । पटक पटक मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल उनीहरू यो पटक भने असफल भए । उनले