रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा १६ जना व्यक्ति सवार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठजना मारिएका छन् ।
हेलिकप्टर दुर्घटनामा पर्नेबित्तिकै एक प्राकृतिक आरक्षका कर्मचारीहरू घटनास्थल अर्थात् तालमा द्रुत गतिको डुंगा चढेर तत्कालै पुगेका थिए । बाँचेका आठजना तालमा पौडी खेलेर किनारमा पुगेका हुन् ।
बाँचेकामध्ये दुईजनालाई नराम्ररी चोटपटक लागेको बताइएको छ । तालमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएकाले उनीहरू लामो समय बाँच्ने सम्भावना न्यून थियो ।
डुबिरहेको हेलिकप्टरको पछिल्तिर रहेको लगेज राख्ने...