सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवट