लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् । सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश