हुम्लाका सहायक सीडीओलाई कोरोना, प्रशासनको सेवा बन्द

सिमकोट – जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ। आइतबार बेलुका टाउको दुख्न थालेपछि शंका लागेर कोरोना परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको कार्यालयले […]

सम्बन्धित सामग्री

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।  राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु

सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ […]

काभ्रे प्रशासनको सेवा माघ २१ सम्म स्थगन

यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो।

तेह्रथुम प्रशासनको सेवा थप एक हप्ता स्थगित

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले  कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

पाल्पा प्रशासनको सेवा स्थगित

रामपुर– जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सबै नियमित सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत् कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो । शान्ति, सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तिमार्फत् जानकारी दिएका […]

आलोपालो प्रणालीमा प्रशासनको सेवा

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्न थालेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सोमवारदेखि आलोपालो अनुसार सेवा दिन थालिएको हो । कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिएको बताएको छ । कार्यालयका अनुसार आइतवार र सोमवार गौर नगरपालिका, राजदेवी नगरपालिका, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिएको छ । यसैगरी मंगलवार र बुधवार बौधिमाई नगरपालिका, देवाहीगोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाका नागरिकलाई सेवा दिएने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । बिहीवार र शुक्रवार भने मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी/गराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्नेछन् । यसअघि माघ ६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना (कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका) मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।

कर्मचारीमा कोरोना देखिएपछि रसुवा प्रशासनको सेवा बन्द

कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार एक सुचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म सेवा स्थगित...

कोभिड संक्रमणले प्रशासनको सेवा बन्द

धनगढी– कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द भएको छ ।प्रशासनले शनिबार एक सूचना जारी गरी केही कर्मचारीलाई कोभिड संक्रमण भएकाले अत्यावश्यक बाहेक सबै सेवा स्थगन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले १५ जना कर्मचारीमा कोभिड संक्रमण भएको जनाएका छन् ।उनलले अर्को सूचना जारी नभएसम्मका […]

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन […]

तेह्रथुम प्रशासनको सेवा एक साता स्थगित

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।