कोभिड संक्रमणले प्रशासनको सेवा बन्द

धनगढी– कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द भएको छ ।प्रशासनले शनिबार एक सूचना जारी गरी केही कर्मचारीलाई कोभिड संक्रमण भएकाले अत्यावश्यक बाहेक सबै सेवा स्थगन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले १५ जना कर्मचारीमा कोभिड संक्रमण भएको जनाएका छन् ।उनलले अर्को सूचना जारी नभएसम्मका […]

सम्बन्धित सामग्री

तेह्रथुम प्रशासनको सेवा थप एक हप्ता स्थगित

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले  कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

तेह्रथुम प्रशासनको सेवा एक साता स्थगित

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।