तनावग्रस्त बुटवल : ५० बढी घाइते, डाक्टर भन्छन्- अस्पताल आएकामध्ये कसैको मृत्यु भएको छैन [तस्वीरहरू]

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने नाममा भएको झडपले ५० भन्दा बढी घाइते भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका इमरजेन्सी इन्चार्ज डा. रामप्रसाद अर्यालका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये आधा प्रहरी र आधा जग्गा कब्जा गर्नेवाला छन् ।  घाइतमध्ये ३ जनालाई भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको अर्यालले लोकान्तरलाई जानकारी दिए । ‘धेरैलाई कोहीलाई गोली लागेको छ, कोही गम्भीर चोट छ । हामी उपचार गर्दैछौँ । यहाँ आएपछि कसैको मृत्यु भएको छैन ...

सम्बन्धित सामग्री

बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको निधन भएको छ। अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो। भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खना...

बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीमा  थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–८ का ७८ वर्षीय पुरुषको आज विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए। भदौ ४ गते अस्पताल भर्ना भएका उनलाई विगत ९ दिनदेखि भेन्टिलेटरमा र...