पाँच मुखे देउवा सरकार प्रतिगामी – केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच मुख भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिएका छन्। देशभरका पार्टी जिल्ला अधिवेशनको शुक्रबार संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिएका हुन्। उनले पाँच मुख भएको सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोपसमेत लगाए। […]

सम्बन्धित सामग्री

डेंगु नियन्त्रण गर्न देउवा सरकार असफल : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा को

प्रधानमन्त्री, मन्त्री निवासमा सागसब्जी लगाउने बेला भएन र ?

शेरबहादुर देउवा सरकार आउदा अर्थतन्त्र एकदम स्वच्छ थिएन । केपी ओली नेतृत्वको सरकार हुँदा पनि अर्थतन्त्र खराब नै थियो । खराब अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लान खोज्दा अहिले झन् घट्ने प्रक्रियामा जान थाल्यो । अब ब्यापार घाटा उहाँहरू(ओली)ले छोडेर जाने वर्षको १२ महिनामा जम्मा १३ सय ८९ अर्ब छ । ओली सरकारको बेलाको वर्षको छोडेर जाने […]

देउवा सरकार बालुवामा राखेको मूला जस्तै हो – केपी ओली – देशसञ्चार

नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराविनाको मूला भएको बताएका हुन्।

हामी सरकारमा हुँदा निर्मला पन्तको अनुसन्धानमा अवरोध गरिएको थियो: केपी ओली

काठमाडाैं– नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला […]

एमालेको विश्लेषण–देउवा सरकार खस्रो पात, बनाउने भन्दा भत्काउनतिर लाग्यो

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको विश्लेषण गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार जनादेशबाट नभइ परमादेशबाट बनेको टिप्पणी गर्दै यो सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको टिप्पणी गरे । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले बनाउने कुरा भन्दा भत्काउने कुराबाट यो सरकारले यात्रा सुरु गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी

देउवा सरकार प्रतिगामी हो, दादागिरी देखाउन थालिसक्यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो ।

सत्ताको चाबी माधव नेपालको हातमा, देउवालाई माधवको आश्वासन

यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका देउवा बुधबार नेपाल निवासमै पुगेको विश्वासको मतका लागि आग्रह गरेका छन् । नेपाल नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुई जनाको एमाले अध्यक्ष केपी ओली चिढिएका छन् । नागरिक दैनिकमा खबर छ । ...