काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज एक वर्ष पुगेको छ। सरकारले केही गर्न नसकेको आरोप सदन र सडकबाट झेलि रहेका सरकारले एक वर्षमा गरेका ४२ वटा महत्त्वपूर्ण काम सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको बिबरणमा देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको स्मरण गर्दै पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको दाबी गर