नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको विश्लेषण गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार जनादेशबाट नभइ परमादेशबाट बनेको टिप्पणी गर्दै यो सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको टिप्पणी गरे । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले बनाउने कुरा भन्दा भत्काउने कुराबाट यो सरकारले यात्रा सुरु गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी