नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वर्षसम्म केपी ओलीको विकल्प नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकाले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए । पोखरेलले संघीय चुनावपछि ओलीनै प्रधानमन्त्री हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणप