देउवासामु दुई महिनामै थेग्न मुश्किल चुनौती

काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्दा पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन । ४ मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले सरकार सञ्चालन गरिरहेका छन् । सरकार बनेको दिनदेखि मन्त्रिमण्डल विस्तार हुने चर्चा चलेपनि अझै हुन सकेको छैन । बरु सरकार एकपछि अर्को चुनौतीको पहाड बोक्न पुगेको छ […]

सम्बन्धित सामग्री

चार महीनामा भरतपुर महानगरको राजस्व ३३ करोड

चितवन। भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । राजस्व शाखा प्रमुख रमेश जोशीका अनुसार चालू आवको पहिलो चार महीनामा राजस्व संकलन गत आवको सोही अवधिको तुलनामा सबैजसो शीर्षकमा बढेको छ । तर पनि वार्षिक लक्ष्य हासिल गर्न सहज भने छैन । ‘ठूला ठेक्का लगाउन बाँकी छ, घरबहाल कर र व्यवसाय करमा धेरै बल गरियो भने राजस्वको लक्ष्यमा पुग्न सकिएला,’ उनले भने, ‘महानगरको राजस्वको लक्ष्य नै ठूलो छ, करको दायरा बढाउन सके लक्ष्य भेट्न सकिन्छ ।’ उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र अझै पनि चलायमान हुन नसक्दा राजस्व संकलनको लक्ष्य प्राप्तिमा भरतपुर महानगरलाई मुश्किल पर्ने बताए । ‘संघीय सरकारको राजस्व संकलन नै निराशाजनक देखिन्छ, विगतका वर्षमा घरजग्गा कारोबारबाट बढी राजस्व संकलन भएको थियो, अहिले यो क्षेत्रमा उत्साह छैन,’ उनले भने । घरजग्गा कारोबार बढ्न नसक्दा राजस्व संकलनमा ठूलो असर पर्ने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार अहिले सबैजसो क्षेत्रको व्यापार व्यवसाय खस्किएको छ । ‘पोल्ट्री क्षेत्रदेखि निर्माण सामग्रीका व्यवसाय माथि उठ्न सकेको छैन, बजारका सटर खाली हुँदै गएका छन्,’ उनले भने, ‘यो अवस्थामा लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती हुनु स्वाभाविक नै हो ।’ भरतपुर महानगरपालिकाले कर संकलन हुने ठेक्का लगाउन बाँकी छ । महानगरले केन्द्रीय बसपार्कको ठेक्का आह्वान गरिसकेको छ । तर सम्झौता हुन सकेको छैन । सरसफाइको ठेक्का पनि सम्झौताको चरणमा पुगेको छैन । अर्थविद्हरूका अनुसार ठूला आयका ठेक्का समयमै नलाग्दा पनि राजस्व संकलनमा असर परेको हो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजस्व निर्धारित लक्ष्यभन्दा ३२ करोड १५ लाख रुपैयाँ कम संकलन गरेको थियो । १ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिएको भरतपुर महानगरपालिकाले २०७९/८० मा १ अर्ब १७ करोड ८५ लाख रुपैयाँ मात्रै उठाउन सकेको थियो । यद्यपि चालू आवमा गत आवको तुलनामा राजस्वको वृद्धि सकारात्मक देखिएको महानगरका राजस्व शाखा अधिकृत जयराम भण्डारीले बताए । ‘गतवर्ष लक्ष्यमा पुग्न सकेनौं, यसपटक राजस्वको वृद्धि सन्तोषजनक नै छ,’ उनले भने, ‘लक्ष्य हासिल हुने सम्भावना छ ।’

‘बलात्कृत महिला गाउँ छाडेर भागेका छन्’

मुद्दा जिते पनि बलात्कार पीडितले समाजसँग थप लड्नुपर्छ । यस्ता घटनामा पीडितहरू सामाजिक पुनर्स्थापना हुन एकदमै मुश्किल छ । यस्तो अवस्थामा पीडितले आफ्ना सबै इच्छा मारेर बस्नुपर्ने हुन्छ, नभए ठाउँ नै छोड्नुपर्छ ।

काठमाण्डौ १० मा 'ह्याट्रिक' गर्ने दाउमा रहेका केसीलाई सत्ता गठबन्धनकै चुनौती

२०७० सालको संविधान सभा चुनावमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेपछि चर्चामा आएको क्षेत्र हो काठमाण्डौ १० नम्बर । माओवादीको रापताप नसकिँदै संविधान सभाको चुनावमा उठेका प्रचण्डलाई नेपाली कांग्रेसका नेता राजन केसीले हराएपछि केसी र १० नम्बर क्षेत्र दुवै चर्चाको शिखरमा रहे । अझ २०७४ सालको वाम गठबन्धनका तर्फका उम्मेदवार माओवादीका हितमान शाक्यलाईसमेत पराजित गरेपछि केसीलाई हराउन मुश्किल पर्ने एउटा बुझाइ पनि बन्न गयो । २०७४ को संसदीय चुनावमा केसी २४ हजार १ सय ९० मत प्राप्त गरी विजयी हुँदा माओवादीका हितमान...

एमालेलाई मधेशमा रघुवीर र प्रभुको भर

काठमाडौं, २६ वैशाख । विभाजनपछि चुनावी मैदानमा होमिएको नेकपा एमालेलाई देशभर चुनौती देखिएको छ । पाँच दलीय गठबन्धनका कारण एक्लै चुनावमा जानुपर्दा एमाले अप्ठ्यारोमा छ । उसलाई विगतको जितेका पालिका जोगाउन पनि मुश्किल छ । एमालेले मधेशमा धेरै आशा राखेको छ । त्यहाँ दुई प्रभावशाली नेताहरु एमालेको आशाको केन्द्र बनेका छन् । सचिव तथा मधेश […]

देउवालाई आफ्नै चिन्ता, पदाधिकारीका उम्मेदवारहरुलाई चुनौती

काठमाडौं, २६ मंसिर । पहिलो चरणमै सभापतिमा जित हासिल गर्न नसके दोस्रो चरण मुश्किल पर्न सक्ने बुझेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय हुन थालेका छन् । उनी यसकारण पनि आफ्नो गुटलाई एकढिक्का बनाउन सक्रिय भएका छन् । देउवा समूहबाट राम्रो मत भएका लोकप्रीय नेता विश्वप्रकाश शर्मा बाहिरिएका छन् । उनी प्रकाशमान सिंहको प्यानलमा गएका […]

उद्यम गर्न सामुदायिक वनलाई ऋण लिनै मुश्किल

सामुदायिक वनमा वनजन्य उद्यम संचालन गर्न लगानीको अभाव भएको भन्दै सामुदायिक वनलाई उद्यम संचालनका लागि ऋण प्राप्त गर्न मुश्किल भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले बताएको छ ।सामुदायिक वनको जग्गा उपभोक्ता समूहको स्वामित्वमा नभएपछि धितो राख्न नसक्दा समुदायिक वनलाई कुनै पनि बैंकबाट ऋण प्राप्त गर्न चुनौती देखिएको हो । फेकोफनले सामुदायिक वनमा वनजन्य उद्यम संचालन […]

आयातित कपडालाई स्वदेशी गार्मेन्टको चुनौती

७ असोज, काठमाडौं । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने आकाश श्रेष्ठलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै […]

२० मन्त्रीका लागि १५६ सांसद दौडमा, शिर्ष नेतालाई चुनौती

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मुश्किल पर्ने संकेत गरेका छन् । उनले गठबन्धन भत्काउने कोशिश हुन थालेको मात्र भनेनन् आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएर व्यवस्थान कठिन भएको खुलासा गरेका छन् । प्रचण्डले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भएको खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना […]

‘प्रांगारिक मिसन’ कार्यक्रम सञ्चालन हुँदै

धनगढी । स्वस्थ बाली उत्पादनका लागि कैलालीमा ‘प्रांगारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रूपमा मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको कृषि प्राविधिकको भनाइ छ । रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले बताएको छ ।      ‘प्रांगारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो,’ कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्नेछ ।’ पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्रांगारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ । जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्रांगारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ । विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्णरूपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । प्रांगारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम (चक्रीय प्रणाली)लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् । विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थकर र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् । रासस