२०७० सालको संविधान सभा चुनावमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेपछि चर्चामा आएको क्षेत्र हो काठमाण्डौ १० नम्बर । माओवादीको रापताप नसकिँदै संविधान सभाको चुनावमा उठेका प्रचण्डलाई नेपाली कांग्रेसका नेता राजन केसीले हराएपछि केसी र १० नम्बर क्षेत्र दुवै चर्चाको शिखरमा रहे । अझ २०७४ सालको वाम गठबन्धनका तर्फका उम्मेदवार माओवादीका हितमान शाक्यलाईसमेत पराजित गरेपछि केसीलाई हराउन मुश्किल पर्ने एउटा बुझाइ पनि बन्न गयो ।
२०७४ को संसदीय चुनावमा केसी २४ हजार १ सय ९० मत प्राप्त गरी विजयी हुँदा माओवादीका हितमान...