इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । तर जति धेरै अन्र्तक्रियात्मक प्लेटफर्म भयो त्यतिनै धेरै गलत नियत भएको प्रयोगकर्ताको शङ्ख्या पनि बढ्ने गर्दछ । यस्तोमा उत्पीडन गर्न वा दुःख दिन कसैले नराम्रो मेसेज गरिरहेको हुन सक्छ । यसबाट बाँच्नका लागि मेसेजलाई...

सम्बन्धित सामग्री

पशुपति मुरारकासहित ९ उद्दोगीले राज्यको सवा अर्ब जरिवाना घटाएर १८ लाखमा झारेपछि…

काठमाडौं, १२ माघ । नेपालमा उद्दोगी व्यवसायीले जरिवाना र कारबाहीबाट कसरी उन्मुक्ति पाउने तरिका अपनाउने गर्छन् भन्ने प्रमाण सिमेन्ट उद्दोगहरुले गरेको सेटिङबाट खुलेको छ । ९ वटा सिमेन्ट उद्दोगहरुले तोकिएको मापदण्डभन्दा बढी खानीको दोहन गरे । खानी तथा भूगर्भ विभागले अनुसन्धान गरी उनीहरुले गरेको दोहनबारे रिपोर्ट नै तयार गर्यो । जसबाट राज्यलाई एक अर्ब २६ […]

सीमानाबाटै फरार हुन्छन् भारतबाट आएका कोरोना संक्रमित

भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका व्यक्ति सीमाबाटै फरार हुन थालेका छन् । सीमा नाकामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरू विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परीक्षण केन्द्र गौरिफन्टाले जनाएको छ । ‘धेरै कोरोना संक्रमित मोहना नदी तरेर नेपाल भाग्ने गरेका छन्,’ त्रिनगर स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसँग रिपोर्ट साटेर प

'शेयरबजारलाई साम्राज्यवादको साधन भन्नु गलत' : योजना आयोग उपाध्यक्ष डा. पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले शेयर बजारलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'शेयरमा लगानी गर्नु साम्राज्यवादको विकसित रुप' भएको र यो बिरुद्द लड्नु पर्ने अभियक्ति दिएपछि डा. पौडेलले शेयर बजारलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत भएको बताएका हुन् । डा. पौडेलले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम भएकोले हरेक नीतिनियमले जस्तै पुँजीवजारले पनि समग्र सम्रिद्धी बढाउने र धनी र गरीबको विचको असमानता घटाऊने काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्। पुँजीवजारमा रहेका लाखौंं साना लगानिकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस् भन्ने सरकारले चाहेको र उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधी , साना साना ऋणहरुमा उनीहरुको पहुँच स्थापित हुने उनले विश्वास दिलाएका छन् । यस्तो छ उनको भनाई जस्ताको तस्तै :(क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी गभर्नर महाप्रसाद अधिकारीजीसँगको पहिलो भेटमा मैले सरकार अस्थिरताको पक्षमा छैन , राष्ट्रवैंकको कोर mandate पनि आर्थिक स्थिरता राख्नु नै हो भन्ने मेरो विश्वास छ भनेको थिएँ। व्याजदर तथा पुँजीवजारमा पनि स्थिरता नै रहोस भन्ने मेरो चाहना छ। मैले सम्माननीय प्रधानमंत्रीज्यूसँग पनि यसैबाट देशको र जनताको राम्रो हुन्छ भनेको थिएँ। मौद्रिक नीतिहरुमा सरकारले हस्तक्षेप नगर्ने हाम्रो परम्परा हो। मैले ४-१२ र CCD ratio खारेजी गर्ने नियम आएपछी दोश्रो(CCD ratio खारेजी गर्ने)मा म अझै convince छैन भन्ने कुरा सरोकारवालाहरु (गभर्नर ,अर्थमंत्री )सँग राखेको पनि छु। शेयर बजारमा साना लगानिकर्ताहरुको ऋणमा पहुँच पुगोस, एकातिर केही मानिसले बैंकको पैसा शेयर बजारमा लगेर करोडौं अरबौं कमाउने र अर्कोतिर साना लगानिकर्ताहरु भने ठगिने स्थिती नआओस भन्नेमा मेरो जोड छ। ४-१२ को नीति आएपछी कती साधारण लगानिकर्ताले ऋण पाए,उक्त नीति कत्तिको प्रभावशाली भयो भन्नेवारेमा हामी अझै तथ्यांकको प्रतिक्षामा छौं। तर आफ्नो व्यक्तिगत सहमति वा असहमती जे भएपनि राष्ट्रवैंक लामो अनुभव भएको संस्था भएकोले त्यहाँका साथीहरुको judgment लाई Benefit of Doubt दिनुपर्छ भन्नेमेरो सोचाइ भने छ। (ख) शेयर बजार मानिसको सम्पत्ति diversify गर्ने एक माध्यम हो। यसले तपाईंको सम्पत्तिको कुल मुल्यको आर्थिक स्थिरता ल्याउन मद्घत गर्छ। उदाहरणको लागि तपाईसँग रु २० लाख छ। तपाईंले त्यसलाई वैंकमा राख्नु भयो भने १२% मुद्धती व्याजदर हुँदा महिनाको लगभग रु २०,००० पाउनुहुन्छ। तर वैंकको व्याजदर घटेर ६% भयो भने तपाईंको महिनाको आम्दानी रु १०,००० मा झर्छ। तर यदी तपाईंले रु १० लाख वैंकमा र रु १० लाख शेयरमा राख्नुभएको छ भने वैंकको व्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन। केही मानिसले सम्पत्ति वर्षमै दुई तीन गुना गरेपनी शेयर बजार मूलत: सम्पत्तिको मुल्यको स्थिरताको लागि प्रयोग भयो भने राम्रो हुन्छ। त्यसवाहेक जग्गामा लगानी गर्दा तपाईंलाई कुनै बेला रु ५ हजार चाहियो भने जग्गानै बेच्नुपर्ने हुनसक्छ जबकी शेयर बजारबाट ५ हजार बराबरको शेयर बेचे पनि हुन्छ। यस्ता विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो। यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो।(ग)राष्ट्रवैंक र अर्थमंत्रालयका जिम्मेवार नेत्रित्वहरुलाई मेरो सल्लाह सधैं पुँजीवजारको बारेमा कम बोल्ने र व्याजदर सकेसम्म स्थिर बनाउन कोशीस गर्ने गर्नुहोस भन्ने नै छ। धेरै जनताको पैसा लगानी भएको क्षेत्रको वारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरुको सम्पत्तिप्रति हाम्रो गैर्‍ह जिम्मेवारीपन मात्र देखाउँछ।(घ) बजारमा धेरै खालका मान्छे छन। आफु अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्छन्। यस्तो अवस्थामा साना लगानिकर्तालाई बचाउनु जरुरी छ। नेपाली काँग्रेसको एउटा नीति छ: समग्र सम्रिद्धी बढाउने र असमानता घटाऊने। यो २००८ सालको नेपालको प्रथम बजेट मै लेखिएको नीति हो। मैले योजना आयोगको उपाध्यक्षको हैसियतमा बेलावेलामा सम्माननीय प्रधानमंत्रीज्यूलाई हाम्रो अर्थतंत्रको स्थितिको वारेमा पनि रिपोर्ट गर्नेगर्छु। हाम्रा हरेक नीतिनियमले जस्तै पुँजीवजारले पनि समग्र सम्रिद्धी बढाउने र धनी र गरीबको विचको असमानता घटाऊने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सरकार त्यसैले पुँजीवजारमा रहेका लाखौंं साना लगानिकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस्, उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधी त्यहाँ होस्, साना साना ऋणहरुमा उनीहरुको पहुँच पुग्नसक्ने स्थिती होस भन्नेमा नै लाग्ने छ भन्नेकुरामा म विश्वास पनि दिलाउन चाहन्छु। (ङ) अन्तमा, २ वर्षको कोभिडको मन्दिको वेलामा आयात कम भएको थियो र अहिले केही बढेको छ। वाणिज्य वैंकहरुले अनुशासित भएर ऋण प्रवाह गर्नुपर्छ र उनीहरु सरकारको पुँजीगत खर्चको trend हेरेर पनि चल्नुपर्छ। अब यत्रो वर्षको तथ्यांक हेर्ने हो भने सरकारले कुन कुन महिनामा कती खर्च गर्छ भन्नेकुरा वैंकहरुको लागि नौलो नहुनुपर्ने हो। पैसा धेरै हुँदा एक महिनापछी के हुन्छ भनेर आँकलन नगरि जथाभावी ऋण प्रवाह गर्ने हो भने एक महिना पछी समस्या आउनु स्वाभाविक हो। मलाई के विश्वास छ भने राष्ट्रवैंक, वैंकहरु र अर्थमंत्रालय मिलेर छिट्टैनै अहिलेका अप्ठेराहरु पार लगाउनेछन।के भनेका थिए प्रचण्डले ? प्रचण्डले पुँजीको लगानी उद्योग वा उत्पादनमा नभई पुँजी मै हुन थालेको बताएका थिए। पहिले पहिले पुँजीको लगानी उद्योग वा उत्पादनमा हुने गरेको त्यहाँबाट आउने नाफाबाट पुँजीपतिले लिने गरेको तर अहिले भने पुँजीको लगनी पुँजी मै हुने गरेको उनको भनाई थियो।उनले यसलाई भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीबादको संज्ञा दिएका थिए । र यस बिरुद्द लड्ने जिम्मा अहिलेको कम्युनिष्टलाई आएको बताएका थिए।  शनिवार माओवादी केन्द्रको प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो भनेका हुन्  ।उनले भनेका थिए 'धितोपत्र बोर्ड, सट्टाबजार. आइएमएफ, विश्व बैंक , एसियाली बैंक साम्राज्यवादका विकसित रुपहरु हुन् । यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडी बढाउने र नाफा सोहोरेर संसारका केहि सिमित पुँजीपतिहरुको हातमा संसार कै धन एकठ्ठा गर्ने, र विश्वका अत्यधिक धेरै , ८० प्रतिशत जनसंख्यालाई भोको नाङ्गो राख्ने प्रणाली हो यो । पुँजीको लगानी अब उत्पादनमा हुदैन, सट्टाबजारमा हुन्छ, धितोपत्रमा हुन्छ, बैंकहरुले पुँजी सिधै घरजग्गा किनबेचमा लगाउछन् । घरजग्गा कारोबारबाट अरवौ अरवौ पैसा थुप्रिने भएकोले विश्वभरी नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। मजदुरको कटौती हुन थाल्यो । अब हामीले यो सँग लड्ने तरिका खोज्नु छ । '

उत्तर कोरियामा नोटको अभाव, ‘कुपन’ प्रयोग गर्न थालियो

१२ कात्तिक, काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ । कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र […]

मेरो कारोबार एपमा थपिए नयाँ फिचर

मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान गरिएको छ ।   एपमा लक सिस्टम, सर्टिङ एण्ड फिल्टरिङ फिचर थप भएका छन् । मेरो कारोबारको नयाँ अपडेटमा रिपोर्ट डाउनलोड गर्ने तरिका पनि अझ सजिलो बनाएको संस्थापक समिर फुँयालले बताए ।  ‘ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै एपमा हामीले लक गर्न सकिने सुविधा समेत ल्याएका छौं,’ फुँयालले भने, ‘जसले...

चीनमा महिलाले आफ्ना श्रीमान्लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

चीनमा श्रीमान्‌को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्‌लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।ग्लोबल टाइम्सका

चिसोबाट बच्नका लागि पाँच सयका नोटहरु बालेर आगो ताप्ने यी व्यक्ति

चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबा...

अब कोरोना पोजेटिभको रिपोर्ट मात्र १० सेकेन्डमा !

विश्वभरका कैयौं देशले कोरोना भलै कोरोना भ्याक्सिन तयार पारेका होलान तर कुन व्यक्तिमा कोरोना संक्रमण छ र कसमा छैन भन्ने पत्ता लगाउन केही समय जान्छ ।  यही समस्यालाई मध्यनजर गर्दै टर्किसको एक विश्वविद्यालयका वैज्ञानिकले एक नयाँ तरिका आविस्कार गरेका छन् । जसको सहयोगले अब मात्र १० सकेन्डमै कोरोना पोजेटिभ बिरामीको पहिचान गर्न सकिनेछ ।  विल्केन्ट विश्वविद्यालयका सोधकर्ताले यस डायन्नोस्किट किटलाई डायग्नोवीर नाम दिएका छन् । कोरोना संक्रमण पत्ता लगाउनका लागि यस किटमा न्यानो टेक्नोलोजीको प्रयोग गरिएको वैज्ञानिकले बता...

लाटोकोसेरो चोरीको एउटा अनौठो कारण

विश्वभरि नगद कारोबारमा कमी आउन थालेसँगै अपराधीहरूले चोरीका नयाँ नयाँ तरिका खोज्न थालेका छन्। बीबीसीका रिचर्ड ग्रेको रिपोर्ट।