जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।