बिहीबार प्रतिनिधिसभा नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनीहरूको कार्यकाल सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समेत संघीय सांसदको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । जबकि, उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको हैसियतमै अहिलेसम्म प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । संविधानतः प्रदेशसभाको सदस्यले नै प्रदेश सरकारको नेतृत्व गर्न पाउँछ । मंसिर ४ मा सम