काठमाडौं, पुस २ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ […]