काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै डाक्टर केसीले तत्काल पदबाट बर्खास्त गर्न माग गरेका हुन्।
केसीले बिहीबार विज्ञप्ति जारी गरी अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्र...