काठमाडौँ- न्याय परिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर […]