मेगा बैंकको लाभांश संशोधन

मेगा बैंक Mega Bank Nepal Limited को लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले नगद लाभांशको समेत ब्यबस्था गर्न निर्देशन दिएपछि बैंकले लाभांश संशोधन गरेको हो।बैंकले यस अघि  १२.०७ प्रतिशत बोनस शेयर मात्र  बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम नगद लाभांश सहितको ब्यबस्था गरेको छ । अब बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.०७ प्रतिशत नगद लाभांश गरि कुल १२.०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल बैंकको चुक्ता पुंजी १४  अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

सम्बन्धित सामग्री

मेगा बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन शेयरधनीलाई अनुरोध

माघ १०, काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बेंक र गण्डकी विकास बैंकका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले लिन अनुरोध गरेको हो ।  यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्पर्क गरी लाभांश भुक्तानी लिन सक्नेछन् ।  सो अवधिभित्र लाभांश रकम लिन नआएमा पाँच वर्ष पूरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ ।

मेगा बैंकको १२ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपालले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ ।बैंकको ११औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ सम्म सञ्चित मुनाफा र वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये […]

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीका लागि बोनस सेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एघारौँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद...

मेगा बैंकको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

मंसिर १२, काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार (मंसिर १३ गते) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार (मंसिर १४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:१५ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो ।

मेगा बैंकले आह्वान गर्‍यो ११औं साधारण सभा, १२.०७% लाभांश प्रस्ताव

मंसिर ७, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकले मंसिर २८ गते ११औं साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११:१५ मा शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

मेगा बैंकको लाभांश घोषणा, १ अर्ब ७६ करोड ८८ लाख बराबरको बोनस वितरण गर्ने

मेगा बैंक Mega Bank Nepal Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश प्रस्ताव गरेको छैन ।    हाल बैंकको चुक्ता पुंजी १४  अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

मेगा बैंकले बोनस शेयरसहित १३.०५ प्रतिशत लाभांश दिने

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ।

मेगा बैंकको १० औं वार्षिक साधारणसभा, १३.०५ प्रतिशत लाभांश पारित

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ ।

मेगा बैंकको १०औं वाषिर्क साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बाषिर्क साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार […]