मेगा बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन शेयरधनीलाई अनुरोध

माघ १०, काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बेंक र गण्डकी विकास बैंकका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले लिन अनुरोध गरेको हो ।  यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्पर्क गरी लाभांश भुक्तानी लिन सक्नेछन् ।  सो अवधिभित्र लाभांश रकम लिन नआएमा पाँच वर्ष पूरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ । 

सम्बन्धित सामग्री

मेगा बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

कात्तिक ४, काठमाडौं । मेगा बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन बोलाएको छ ।   साबिकका  पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझिनलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती पुरानो लाभांश लिन बोलाएको हो ।  उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न भनेको छ । सो अवधिमा लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले बताएको छ ।