काठमाडौं : भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ।कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो। यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको त्यहाँको सरकारी सञ्चारमाध्यम भीटीसीले जनाएको छ। अदालतले २५ सरकारी अधिकारीलाई ७४ लाख डलर घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ। जसमा पूर्वउप-पररा