गण्डकी प्रदेश सभाको बैठक बोलाइएको छ ।
लामो समयदेखि स्थगित हुँदै आएको प्रदेशसभा बैठक भदौ २९ गतेका लागि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयका सचिव अधिवक्ता हरिराज पोखरेलका अनुसार बैठक भदौ २९ गते दिउँसो १ बजे पोखरा सभागृहको हलमा बोलाइएको हो ।
गत असार ३० गते प्रदेश सभाले आगामी आवको बजेट पारित गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुँदै आएको थियो ।
अब बस्ने बैठकका कार्यसूची बैठकको अघिल्लो दिन बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगाउने छ ।
गण्डकीमा हाल ५९ सांसद छन् । ...