सांसदहरूको पीसीआर जाँच गरेर मात्र बैठक सञ्चालन गर्न माग गर्दै सत्तारुढ नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेपछि गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
मंगलवार बसेको प्रदेशसभा बैठकको शुरूमै एमाले सांसद राजीव पहरीले कोरोना महामारीका कारण निषेधाज्ञाको स्थिति बनेको भन्दै सांसदहरूको पीसीआर जाँच गर्न माग गरेका थिए ।
पहरीले कोरोना संक्रमण फैलिएर भोलिको दिनमा सांसद वा कर्मचारीको मृत्यु भएमा त्यसको जिम्मेवारी को हुने भनेर प्रश्न गरे ।
पहारी बोलेपछि एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए...