गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए । प्र