काठमाडौं। जय भिमसेन बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा तथा छैटौं अधिवेशन शनिवार भक्तपुरमा सम्पन्न भएको छ । अधिवेशनबाट आगामी ४ वर्षका लागि दशबहादुर मानन्धरको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनिएको छ । त्यस्तै बुद्धराम शिल्पकारको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत बनेको छ । कार्यक्रममा असल बचतकर्ता तथा असल ऋणीलाई सम्मान गर्नुका साथै ज्येष्ठ सदस्यलाई सम्मान गर्दै दोसल्ला तथा सम्मानपत्र वितरण गरिएको साधारणसभाका संयोजक बुद्धराम शिल्पकारले जानकारी दिए ।
विराटनगर। नेपाल उद्योग परिसंघको कोशी प्रदेशको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले उद्योगी तथा संविधानसभा सदस्य पवनकुमार सारडालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् ।
परिसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले साधारणसभामार्फत नयाँ कार्यसमिति गठन गराएका हुन् ।
समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारणसभाले नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडालाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।
यसैगरी घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँलाई मानार्थ उपाध्यक्ष पदमा चयन गरिएको छ । मानार्थ उपाध्यक्ष पदको जिम्मेवारी पाएका लुनियाँ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए । अघिल्लो कार्यसमितिमा कार्यसमिति सदस्य रहेका साकेत राठी कोषाध्यक्ष बनेका छन् । राजेन्द्र राठी, वेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी कार्यसमिति सदस्य छन् ।
एसियन थाई फुड्सका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुलाई परिसंघ कोशी प्रदेशको प्रमुख सल्लाहकार चयन गरिएको छ । वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । यस्तै राजन भगत, रीता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन गरिएको छ ।
परिसंघको साधारणसभाबाट अध्यक्ष सारडाको संयोजकत्वमा संरक्षण तथा भवन निर्माण समिति पनि गठन गरिएको छ । मोती दुगड, विकास दुगड, शिवप्रसाद घिमिरे, महेश सोनी र विशाल अग्रवाल उक्त समितिमा सदस्य छन् ।
काठमाडौं । चलचित्र निर्माता संघले प्रदर्शकहरुको संस्था चलचित्र संघसँग वार्ताका लागि महासचिव सुनिलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले वार्ता समिति गठन गर्दै गत गत शुक्रबार सम्पन्न निर्माताको भेलाबाट प्राप्त सुझावलाई वार्तामा टेबुल गर्न समेत भनेको छ । वार्ता टोलीमा सचिव किसन पोखरेल, कार्यसमिति सदस्यहरु ज्ञानेन्द्र […]
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ । शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो । यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो । यस
१ साउन, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको वर्तमान कार्यसमिति भंग गरिएको छ । आन्तरिक विवादका कारण गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा रहेको कार्यसमिति विघटन गरी मञ्चले डम्बर बराइलीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । निवर्तमान अध्यक्ष लकान्द्रीले संस्थालाई मनोमानी ढंगले चलाएको, हरहिसाब पारदर्शी नदेखाएको, नियमावलीलाई दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै बराइली लगायतका अन्य पदाधिकारीहरुले […]
नेपाल–भारत उद्योग वाणिज्य संघले भवानी राणाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।अध्यक्ष राणाले द्विपक्षीय व्यापार, पारबहन तथा रेलसेवा, प्रत्यक्ष विदेशी लगानी, बौद्धिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा केही समस्याहरु अझै पनि रही नै रहेको बताउँदै सोको समाधानको लागि सबैको साथ र सुझाव आवश्यक रहेको बताइन् । उनले जलविद्युत क्षेत्र नेपालको आर्थिक विकास एवं रोजगारी तथा राजस्वको […]
२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । नेपाली सेनाका पूर्व […]
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकले निर्वाचन नियमावली मस्यौदा फिफा र एएफसीको निर्देशन पालना गर्नगरी पारित गर्ने लगायतका निर्णय गरेको एन्फाले जनाएको छ।
त्यस्तै निर्वाचन समिति गठन गर्न अध्यक्षको प्रस्ताव अनुसार अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा सहसंयोजकमा अधिवक्ता रामचन्द्र…
काठमाडौं, २ माघ । नेपाल पत्रकार महासंघले मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ । समितिमा महासंघका पुर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेका छन् ।
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको केन्द्रिय कार्यसमिति बैठकले सभापति देउवाको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो ।पार्टी केन्द्रिय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रिय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै […]