काठमाडौं। जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफैं बाटो बिराएकाले आफूहरुले घोक्र्याएर हटाउन नचाहेको बताएका छन्। सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यादवले भने, “महन्थ ठाकुरजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन, आफैं बाटो बिराएपछि के लाग्यो?” विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुरपक्षले आत्मालोचना गरे फेरि पार्टीमा समेट्न विचार गर्न सकिने उनको भनाइ थियो।