जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने तय हुने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा पत्र दर्ता गराएपछि अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि आफ्नो प्रमाण दिन आयोगले पत्र पठाएको थियो । जवाफमा ठाकुरले पार्टीमा आफ्नो पनि बहुमत रहेको भन्दै निर्वाचन आयोगमा पत्र पठाइसकेका छन् ।पार्टीमा दुवै पक्षले आ&ndas