आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईं क्षेत्रीलाई हटाउने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री स्तरको निर्णयबाट प्रदेशभरका जिल्ला आयुर्वेद अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरूलाई हटाउने निर्णय भएको थियो ।
सोमवार न्यायाधीश मेरिना श्रेष्ठको इजलासले स्वास्थ्य मन्त्रीस्तरको गत माघ २८ गतेको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रालयले आयुर्वेद अस्पतालको अध्यक्षमा सुदीप बतौलालाई नियुक्त ...