काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म आदेश कार्यान्वयन…