काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। आयोगले उपभोक्ता […]