काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुटन गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आ...