बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गरिन् । आफ्नो कार्यक्षेत्रअनुसार बालबालिक