काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छिन्। राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम…