काठमाण्डाै – ललितपुरको मल्लकालीन ऐतिहासिक कात्तिक नाच सकिएको छ । हिजो बेलुकी कृष्णको दधि लीला देखाएर यसवर्षको कात्तिक नाच सकिएको हो ।
सोमबार कात्तिक नाचमा कृष्णको वस्त्रहरण लिला देखाएको थियो भने कात्तिक नाचको मुख्य आकर्षण नरसिहं अवतार आइतबार देखाएको थियो। आइतबार मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । कात्तिक नाच ललितपुरको मंगलबजारमा रहेकोे कात्तिक दबलीमा देखाइने गरिन्छ । यसवर्ष कात्तिक नाच १० दिनसम्म संचालन भएको थियो ।
कात्तिक नाचमा दिनैपिच्छै कृष्ण लिलामा आधारित फरक फरक न...