काठमाण्डाै - ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ ।
हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक-फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।
आज भक्त सुरदास प्...