काठमाण्डाै - ललितपुरको पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । आज बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वधः प्रदर्शन गरिएको थियो।
३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ ।
नेपालको इतिहासमा सबैभन्दा लामो नाट्य मह...