काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै उहाँलाई जरिबाना र कैद सजायको माग गर्दै मुद्दा दर्ता गर्न कानुन व्यवसायी सर्वाेच्च अदालत पुगेका छन् ।
गएको फागुन ११ गते सर्वोच्च अदालतले दिएको आदेश विपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलनाको रिट निवेदन दिनुभएको हो । आफ्नो रिट निवेदन दर्ताको प्रक्रियामा रहेको र बुधवार (भोलि) दर्ता हुन सक्ने त्रिपाठीले उज्यालोलाई जानकारी दिनुभयो ।
रिटमा संविधानको धारा १२८ र न्याय प्रशासन ऐनको द...